काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर २३ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६.३५ प्रतिशत (करसहित) लाभांश दिने घोषणा गरेको हो ।
आफ्ना शेयरधनीहरुलाई फाइनान्सको हाल कायम चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँको ६.३५ प्रतिशत लाभांश दिने भएको हो । फाइनान्सले आठ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने फाइनान्सले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया