हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बोनस शेयर कति ?

लोकपथ
56
Shares

काठमाडौं । हिमालयन डिष्टिलरी लमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुका लागि २० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) २० प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?