रविलाई वीरगञ्ज लगिँदै, सिमरा विमानस्थल बाहिर रास्वपा समर्थकको नाराबाजी

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरुले बाराको सिमरा विमानस्थल बाहिर नाराबाजी गरेका छन् ।

आज लामिछानेलाई काठमाडौंबाट वीरगञ्ज लगिँदैछ । लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याएर सिमरा लैजान लागिएको हो । लामिछानेलाई काठमाडौंबाट सिमरासम्म हवाई मार्ग र त्यहाँबाट वीरगञ्जसम्म पैदल मार्गबाट लगिनेछ ।

लामिछानेलाई त्यहाँ लगिने भएसँगै बाक्लो रुपमा रास्वपाका नेतासहित कार्यकर्ता र रविका समर्थक समेतले नाराबाजी गरेका हुन् ।

पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम अपचलन गरेको विषयमा छानबिनका लागि लामिछानेलाई त्यहाँ लगिएको हो ।

त्यसो त सानो पाइला लगायत सहकारीबाट अर्बौँ रकम गोरखा मिडिया प्रालिमा ल्याएर अपचलन गरेको भन्दै तत्कालीन सञ्चालक छविलाल जोशी बन्जाडेलाई समेत वीरगञ्ज पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?