निरन्तर ओरालो यात्रामा शेयर बजार, नेप्से २६ सयको लाइन आइपुग्दा पाँच अर्ब ६२ करोडको कारोबार

लोकपथ
63
Shares

काठमाडौं । शेयर बजारमा गिरावट आउने क्रम सोमबार पनि जारी रह्यो । सोमबार शेयर बजार परिसूचक नेप्से १२.८४ विन्दुले घटेर २६७६.१२ अंकमा अडिएको छ ।

नेप्से सूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि घटेको छ । निरन्तर घटेको बजारमा पाँच अर्ब ६२ करोड ९९ लाख ४६ हजार ८२२ रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो दिन आइतबार सात अर्ब ४६ करोडको कारोबार भएको थियो ।

यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको मूल्य घट्यो भने १३ को स्थिर रह्यो । यस दिन पाँच वटा समूहको सूचक बढेका छन् । यस दिन ३१७ कम्पनीको एक करोड १५ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकमका हिसावले एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा छ । यसले ३५ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । यसैगरी, कारोबारका हिसावले हिमालयन डिष्टिलरी दोस्रो र जोशी हाइड्रोपावर तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?