जनताको भरोसा र अभिमतलाई रक्षा गर्न नसकेको अध्यक्ष दाहालको स्वीकारोक्ति

लोकपथ
63
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले पार्टीप्रति गरेको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरुमा असन्तुष्टि बढ्दै गएको स्वीकार गरेका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

जनताको विश्वासअनुसार पार्टीलाई एकताबद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेको कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताए । उनले माओवादी घटकहरु समय समयमा विभाजित भएको उल्लेख गर्दै विभाजनका घाउहरु बल्झिँदै गएको बताए । माओवादी केन्द्रले आफ्ना एजेण्डाहरुमा निरन्तरता दिन नसक्दा पार्टीप्रतिको जनताको एकता, निष्ठा र लगाव कमजोर हुँदै गइरहेको उनको भनाइ छ । उनले राम्रा काम गर्न खोज्दाखोज्दै पनि गर्न नसकिएको कारण माओवादी केन्द्र आत्मसमिक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताए ।

काम गर्दै जाँदा केही कमजोरी भए पनि गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण थालनी गरेको उनको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?