काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुर्व्यवहार भएको भन्ने घटनाप्रति मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट कास्की राति लगिएको र दुर्व्यवहार गरिएको भन्ने सन्दर्भमा अनुसन्धान सुरु गरेको आयोगले जनाएको हो ।
सो सम्बन्धमा सोमबार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । सो बारेमा जानकारी दिँदै आयोगका सहसचिव डा.टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी गर्नु पूर्व नै कास्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको बताए । अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने बताए ।
लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया