नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने व्यक्ति पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने नेपाली नागरिक पक्राउ  परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौंको रातो पुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई छायाँ सेन्टर भित्र रहेको CASION WALDO DYNASTY मा जुवा खेलिरहेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।

उनले उपत्यकाका विभिन्न स्थानमा रहेको क्यासिनोमा जुवा खेल्नकै लागि भनी रमेश गुप्ताको नाममा  नक्कली भारतीय आधार कार्ड र भोटर कार्ड समेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।   

पक्राउ पश्चात् उनलाई आवश्यक अनुसन्धानका तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?