रूखले किचेर १८ वर्षीय युवकको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । खोटाङमा गोलिया काठ काट्ने क्रममा रूखले किचेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले ढाडगाउँ बस्ने १८ वर्षीय मिलन दमाई रहेका छन् ।  

रूख ढल्ने क्रममा गोलिया काठ संकलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए।

रूखले किचेर दमाईंको मृत्यु भएको खबर स्थानीयले दिएपछि सोही आधारमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

खार्पास्थित भडाँरेमा एक हप्ता दिन अघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट स्थानीयको निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?