सरकारको कामप्रति सन्तुष्टि छैन, समयमै सत्ता हस्तान्तरण हुनुपर्छ : विमलेन्द्र निधी

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका र हुन पनि नचाहेको बताए ।

उनले अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताए। साथै उनले धेरै आशा गर्दा काम कम हुने रिस उठ्ने भन्दै धरै काम होला भन्ने आश नरहेको बताए । उनले वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्ने बताए ।

उनले भने, ‘मलाई भन्नुहुन्छ भने यो सरकारको काम कारबाहीबाट म पनि धेरै सन्तुष्ट छैन । यो सरकारको काम कारबाहीबाट म धेरै सन्तुष्ट हुन पनि चाहन्न । किनभने मलाई थाहा छ, यो सरकारबाट मैले धेरै कामको आशा गरेकै छैन । तपाईंले जुन दिन धेरै आशा गर्नुहुन्छ । काम कम हुन्छ, रिस हुन्छ, असन्तुष्टि हुन्छ । जब थोरै आशा गर्नुहुन्छ, कहिले पनि सन्तुष्टि हुँदैन । मलाई यो सरकारबाट धेरै काम होला, काम गर्नुपर्छ भन्ने आशा छैन । यो सरकारसँग एउटा मात्रै काम के छ भने यो सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारिपूर्वक सत्ता हस्तान्तरण गर्नुप¥यो । त्यति मात्रै हो मलाई आशा । त्यसमा विवाद नहोस् ।’

सांसद निधीले सत्ता हस्तान्तरणमा विवाद आउनु नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?