सुनको मूल्य प्रतितोला दुई हजार एक सयले बढ्यो

लोकपथ
280
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन दुई हजार एक सयले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसै गरी चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?