जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु (तस्बिरहरु)

लोकपथ
42
Shares

काठमाडौं । काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । भक्तपुर नगरको ऐतिहासिक महत्त्व बोकेको जीवित रूपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा सोमबार रातिबाट सुरु भएको हो ।

जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ । भवानी जात्रामा तान्त्रिक अनुष्ठान गर्ने गरिन्छ । वर्षको ८ महिनासम्मको मकुण्डोसहितको जात्रा हरेक वर्ष यसै समयमा दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणको भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ ।

पशुपतिनाथका मूल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र मूल प्रसाद भैरवको हातमा चढाउने चलन रहेको पाइन्छ । पशुपतिको मूलचोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रूपमा भेट गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुः बाहाँं लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?