स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने राजा वीरेन्द्रका ज्वाइँ गोरख राणा

लोकपथ
56
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पहिलो पटक बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ) मा नेपाली नियुक्त गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत गोरख राणालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वर्गीय राजा वीरेन्द्रका ज्वाइँ राणा यसअघि चार्टर्ड बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) थिए । बैंकले सीईओमा विदेशी बैंकरलाई नियुक्त गर्ने गरेकोमा राणा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सीईओ बन्ने पहिलो नेपाली बनेका छन् ।

यसअघि सीईओमा विदेशी बैंकर अनिर्भान घोष दस्तिदार थिए । दस्तिदारको कार्यकाल सकिएपछि डेपुटी सीईओ राणालाई सीईओमा नियुक्त गरिएको हो। अमेरिकाबाट एमबीए गरेर नेपालमा कार्यरत उनी जनवरी १ बाट लागू हुनेगरी चार वर्षेका लागि नियुक्त भएका छन् ।

राणाले सन् १९९६ देखि बैंकिङ करियर सुरु गरेका राणाले स्ट्यान्डर्ड चार्टर्ड बैंकका कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागलगायमा रहेर काम गरेको अनुभव छ ।राजा वीरेन्द्रका ज्वाइँ राणाले सन् १९९६ देखि बैंकिङ करियर सुरु गरेका स्ट्यान्डर्ड चार्टर्ड बैंकका विभिन्न विभाग सम्हाल्दै आएका छन् । गोरख राणा स्वर्गीय राजा वीरेन्द्र शाहकी छोरी श्रुति शाहका श्रीमान् हुन्।

२०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, छोरी श्रुतिलगायत राजपरिवारका ११ जनाले ज्यान गुमाएका थिए । यसअघि सीईओमा विदेशी बैंकर अनिर्भान घोष दस्तिदार थिए । दस्तिदारको कार्यकाल सकिएपछि डेपुटी सीईओ राणालाई सीईओमा नियुक्त गरिएको हो। उनी जनवरी १ बाट लागू हुने गरी चार वर्षका लागि नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?