काठमाडौं । १८औँ संघीय संसद् सेवा दिवस–२०८१ का अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभा टिम १३–० गोलअन्तरले विजयी भएको छ ।
मंगलबार बिहान भृकुटीमण्डपमा प्रतिनिधि सभा र राष्ट्रिय सभा टिमबीच प्रतिष्पर्धा भएको थियो । प्रतिनिधि सभा टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका थिए भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायण दाहालले गरेका थिए ।
सभामुख घिमिरेले नेतृत्व गरेको टिमले अध्यक्ष दाहालले नेतृत्व गरेको टिमलाई १३ गोलले हराएको हो । यानेकी प्रतिनिधि सभा टिमले १३ गोल बनाउँदा राष्ट्रिय सभा टिमले भने एक गोल पनि गर्न सकेन ।
संघीय संसद् सेवा दिवस–२०८१ का अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया