काठमाडौं । संसद् सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । मंगलबार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो ।
१८औँ संसद् सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभा टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका छन् भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरेका छन् ।
फुटसल खेलका क्रममा बोल्दै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताए ।
उनले संसद् सेवा दिवसमा संसद्का सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरी मनाइ रहेकोमा आज फुटसलको आयोजना गरिएको बताए । उनले प्रतियोगिताले संसद् समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैँ तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया