काठमाडौं । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा सर्ने भएका छन् ।
केन्द्र बैंकको बालुवाटारस्थित भवनबाट सञ्चालन हुँदै आएको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागका सेवाहरु अब पुस १ गतेदेखि थापाथलीस्थित नयाँ भवनबाट सञ्चालन हुने राष्ट्र बैंकले जनाएको हो ।
२०७२ सालको महाभूकम्पले थापाथलीस्थित सिंह महल ध्वस्त भएपछि ती विभाग बैंकको केन्द्रीय कार्यालय भवन बालुवाटारमा सारिएको थियो । उक्त भवनको पूनर्निमाण भएसँगै दुवै विभागहरुका सेवा थापाथलीबाट सुचारु हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया