काठमाडौं । काठमाडौं प्रहरीले भन्सार छलीको गाडी र साढे १४ लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिीरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका कीर्तिपुर नगरपालिका–१० बाट पक्राउ परेका उनीहरूको साथबाट भन्सार छलीको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार बरामद भएको छ ।
यसैगरी, १४ लाख ६० हजार रुपैयाँ नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया