काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुको नाफा २२ अर्ब २९ करोड पुगेको छ । नेपाल हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्म २२ अर्ब २९ करोड खुद नाफा कमाएका हुन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कार्तिक महिनामा मात्रै वाणिज्य बैंकहरुले ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् । यो असोज नहिनाको तुलनामा ३७.७४ प्रतिशतले धेरै हो । बैंकहरुले असोज मसान्तसम्म १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कार्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । यो बैंकले २ अर्ब ६९ करोड नाफा कमाएको हो ।
ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा छ । यो बैंकले कार्तिक मसान्तसम्म २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रो स्थानमा छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक । यो बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसैगरी धेरै नाफा कमाउनेको चौंथो स्थानमा छ प्राइम कर्मसियल बैंक । यसले १ अर्ब ६२ करोड नाफा आर्जन गर्न सफल भएको छ ।
चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाउँदा एभरेष्ट बैंकले १ अर्ब ५० करोड र एनएमबी बैंकले १ अर्ब ४८ करोड कमाएको छ । प्रभु बैंकले १ अर्ब २३ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड र नेपाल एसबिआइ बैंकले १ अर्ब नाफा कमाएका छन् ।
यसैगरी, नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ कमाएको छ । कार्तिकसम्मको अवधीमा राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ३७ लाख, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सानिमा बैंकले ६५ करोड १३ लाख, सिटिजन बैंकले ४३ करोड ८६ लाख, एनआर्इसी एशिया बैंकले ३८ करोड ८१ लाख नाफा कमाएका छन् ।
यो अवधीमा १९ वटा बैंकको नाफा बढ्दा कृषि विकास बैंकले २२ करोड ७७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।
कुन बैंकले कति कमाए ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया