सरकारले सार्वजनिक गर्‍यो बीआरआई फ्रेमवर्क (पूर्णपाठसहित)

लोकपथ
189
Shares

काठमाडौं । नेपाल र चीन बीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो ।

सम्झौतामा यसका पृष्ठभूमि, दुई देशबीचको पारम्परिक सम्बन्धको व्याख्यादेखि बीआरआईअन्तर्गतका परियोजनाहरुको कार्यान्वयनका बारेमा उल्लेख गरिएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट सरकारले फ्रेमवर्कको दस्तावेज सार्वजनिक गरेको हो ।

बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ । विभिन्न परियोजनाको छनोटदेखि कार्यान्वयनका विषयहरु विस्तृतमा समेटिएको सम्झौतामा १० वटा आयोजनाहरुको उल्लेख छ ।

बीआरआई सहकार्य फ्रेमवर्क दस्तावेजको पूर्णपाठ

पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?