रक्तसञ्चार सेवा नवनिर्मित भवन प्रदर्शनी मार्गबाट, बढे रक्तदाता

लोकपथ
28
Shares

काठमाडौं । प्रदर्शनी मार्गमा बनेको नवनिर्मित भवनबाट नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा सुरु भएको छ । २०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टी मोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न सुरु गरेको हो । 

नेपाल रेडक्रसका निर्देशक पवनकुमार गुप्ताकाअनुसार भूकम्पबाट भवन क्षति भएपछि टेण्टमा बसेर सेवा गरेपश्चात बालकुमारीमा अस्थायी रुपमा सेवा दिएको बताए । उनले त्यहाँ पनि ठाउँ नपुगेपछि सोल्टी मोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएकोमा अहिले भूकम्पबाट क्षति भएको भवन नयाँ बनेसँगै नयाँ भवनबाट सेवा सुरु गरिएको बताए । उनले अहिले रक्त सञ्चार सम्बन्धी सम्पूर्ण गतिविधिहरु प्रदर्शनी मार्गमा बनेको नयाँ भवनबाट भइरहेको बताए ।  उनले प्रदर्शनी मार्गमा रेडक्रस आउँदा सेवाग्राहीको लागि सुविधा र पायक पर्ने स्थान भएको बताए । उनले नयाँ भवनमा सेवा सरेसँगै सरकारले तोकेको मापदण्डमा काम गर्न सकिने अवस्था रहेको बताए । सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा सहज भइरहेको उल्लेख गरे ।

नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौंमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा सुर गरेको सेवा अहिले मापदण्ड पूरा गरेर सेवा दिने अवस्थामा आइपुगेको निर्देशक गुप्ताले बताए । उनले प्रदर्शनी मार्गमा सेवा सुरु भएसँगै रक्त संकलनमा समेत वृद्धि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?