माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने

लोकपथ
49
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । मंसिर २६ गते बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०८/–८१ को नाफाबाट भने लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?