बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि ४० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

लोकपथ
28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै आइरहेको छ । राष्ट्र बैंकले मंसिर २६ गते बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ उठाउने भएको हो ।

बैंकहरुले ऋण लगानी बढाउन नसके पछि राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोलमार्फत २१ दिनका लागि पैसा तान्न लागेको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?