श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ सुरु

लोकपथ
35
Shares

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरु भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ गरेको हो ।

सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदूत नेपालीको संसदीय प्रक्रिया सुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदूतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिइन् । उनले साथै प्रस्तावित राजदूत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताइन् ।

नेपालको संविधानबमोजिम संघीय संसद्, संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भएपश्चात् राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?