टाटा मोटर्सको ‘१२–१२ एक्सचेञ्ज क्याम्प’, पुराना गाडीसँग नयाँ ईभी साट्न सकिने

लोकपथ
28
Shares

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२–१२ एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ ।भोलि (बिहीवार) बाट ३ दिनसम्म आयोजना हुने उक्त क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नयाँ ईभीलगायतका गाडी साट्न सकिनेछ ।

यो क्याम्पमा पुराना गाडीसँगै नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभीलगायतका गाडीहरु साट्न सकिने छ ।

यो एक्सचेञ्ज क्याम्प डिसेम्बर १२, १३ र १४ मा टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो ईभी र पन्च ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।

साथै, यस १२–१२ एक्सचेञ्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेञ्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।

यस कार्यक्रमको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न पनि सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?