सस्तोमै समेटियो काठमाडौं गुर्खाज, लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य

लोकपथ
154
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजलाई १०३ रनमै अलआउट गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं गुर्खाज अन्तिम चार बल खेल्न बाँकी छँदै अलआउट हुन पुग्यो ।

काठमाडौंका ओपनर माइकल लेभिटलाई इनिङ्सको तेस्रो बलमै लुम्बिनीका रेमन सिमन्ड्सले शून्यमा बोल्ड गरेका थिए । पाँचौ ओभरमा अर्का ओपनर स्टेफन इकान्जी पनि १३ रन बनाएर खेलिरहँदा आउट भए । उनलाई लुम्बिनीका अभिसेष गौतमले बोल्ड गरे । छैटौं ओभरमा साद बिन जफरले दुई विकेट लिए । जफरले गेराल्र्ड इरासमसलाई १ रनमा सन्दीप जोराबाट क्याच गराए । यस्तै, सुमित महर्जनलाई ४ रनमा एलबीडब्लूको धरापमा पारे ।

१३औं ओभरमा डान डाउनवैट आउट भए । उनलाई विवेक यादवले कप्तान रोहितकुमार पौडेलबाट २१ रनमा क्याच गराएका थिए । रसिद खान १ रनमा रोहितबाट रनआउट भए । काठमाडौंका कप्तान करण केसी १ रनमा आउट भए । उनलाई सूर्य तामाङले जोराबाट क्याच गराएका थिए । १८औँ ओभरको अन्तिम बलमा भीम सार्की आउट भए ।

उनले ४० बलमा सर्वाधिक ३१ रन बनाए । उनलाई सान बिनको बलमा विकेटकिपर अर्जुन साउदले स्टमपिन गरेका थिए । यो ओभरको अन्तिम बलमा शाहब आमल ५ बलमा ८ रन जोडेर आउट भए । अन्तिम ओभरको दोस्रो बलमा प्रतिक श्रेष्ठलाई २० रनमा सिमन्ड्सले बोल्ड गरे । बलिङमा लुम्बिनीका साद बिन जफरले ३ विकेट, सिमन्ड्स र अभिसेष गौतमले २–२, सूर्य तामाङ र विवेक यादवले १–१ विकेट लिन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?