पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक : अध्यक्ष श्रेष्ठ

लोकपथ
42
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका छन् । बुधबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

लगानीकर्ताको सुरक्षाको लागि बोर्डले पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले  बताए । उनले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजी बजारको विकास हुने उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महसुस गर्ने पनि बताए ।  साथै उनले  लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी रहेको बताए । उनले बोर्डसँगै पुँजी बजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताए । उनले पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्ने बताए । उनले अहिले सीमित रुपमा मात्रै भएर बसेको भन्दै पुँजीबजारको दायरा बढाउन स्टक ब्रोकर्सहरुको भूमिका पनि बढाउँदै लैजान आग्रह गरे । उनले मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक रहेको भन्दै त्यसको लागि बोर्ड काम गर्न तयार रहेको बताए ।                            

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?