काठमाडौं । राधि विद्युत् कम्पनीले आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीका लागि ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीका शेयरधनीहरुले चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने आठ करोड ३३ लाख ९० हजार ४७० रुपैयाँ बराबरको प्रतिफल प्राप्त गर्ने भएका छन् ।
कम्पनीले पुस ४ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । ।
यसैगरी, कम्पनीले बोनस शेयरपछि कायम रहने ६९.८९ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया