स्वास्थ्य क्षेत्रको लगानी व्यवस्थित गर्न जरुरी : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन्  । 

स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको उल्लेख गरे ।

उनले स्वास्थ्य क्षेत्रमा लगानी पनि आवश्यकताअनुसार हुन नसकेको र भएको लगानीलाई पनि व्यवस्थित गर्न नसकेको बताए ।

उनले नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको भन्दै स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उल्लेख गरे । स्वास्थ्य क्षेत्रका संरचना र जनशक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?