के तपाईं रिससँगै डर र तनाव महसुस गर्नुहुन्छ ? यो न्यूरोसिसको लक्ष्यण हुनसक्छ !

लोकपथ
2.1k
Shares

काठमाडौं । व्यस्त जीवनशैलीका कारण प्रायः मानिसहरु तनाव र समस्याहरूले घेरिएका हुन्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्यमा निकै नराम्रो प्रभाव पार्ने गर्दछ । त्यसैकारण उनीहरुमा विभिन्न किसिमका मानसिक समस्याहरु देखिएका हुन्छन् ।

मानसिक समस्यामा रहेका मानिसहरुले आफ्नो दैनिक व्यवहार र कामहरु राम्रोसँग गर्न सकिरहेका हुँदैनन् ।

हामी सामान्यतया धेरै रिसाउने र डराउने मानिसहरु हाम्रो वरिपरि रहेका भए पनि हामी त्यसलाई उसको बानीका रुपमा मात्र हेर्ने गर्दछौँ । तर त्यो उसको बानी मात्र नभएर मानसिक समस्या हो भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ । जसलाई न्यूरोसिस गरिन्छन् । जुन एक प्रकारको मानसिक विकार हो ।

यस्तो मानसिक रोगबाट प्रताडित मानिस धेरै निराश, चिन्तित, तर्कहीन र एक्लोपन महसुस गर्ने हुन्छन् । मनोवैज्ञानिकहरूका अनुसार न्यूरोसिस एक प्रकारको एन्जाइटी डिसअर्डर हो, जसमा मानिसहरु चिन्तित र एक्लो महसुस गर्ने हुन्छन् ।
समयमा नै त्यसलाई चिनेर उपचार गर्न नसकेका पछि त्यो जटिल मानसिक समस्याको रुपमा देखा पर्न सक्छ । आज हामी तपाईँहरुलाई न्यूरोसिसको लक्ष्यण, त्यसबाट उत्पन्न हुने समस्याहरु र समाधानका उपायबारे चर्चा गर्न गइरहेका छौँ ।

यस्ता छन् न्यूरोसिसका लक्ष्यणहरु :

–क्रोध र तनावको शिकार
–व्यवहारमा चिडचिडाटपन हुनु
–जुन बेला पनि रिस उठ्ने हुनु
–भावना र विचारमा नकारात्मकता बढ्नु
–अज्ञात डर महसुस गर्ने र अनिद्राको सामना गर्ने
–टाउको दुख्ने , कमजोरी र भोकको कमी

कुनै पनि रोग उपचार नहुने हुँदैनन् । सही समयमा नै सही विज्ञको सल्लाहमा पुग्न सके हामी छिट्टै जस्तोसुकै समस्याबाट पनि छुटकारा पाउन सक्दछौँ । साथै न्यूरोसिस पनि सहजै समाधान गर्न सकिने समस्या हो । यी हुन् न्यूरोसिसको समाधान गर्ने उपायहरु

चिन्ताको कारण जान्ने

कुनै पनि समस्याको समाधान खोज्नका लागि त्यसको कारण पत्ता लगाउन निकै आवश्यक हुन्छ । यसले समस्याको उपायहरु खोज्न मद्दत गर्छ । यस बाहेक परिवारका सदस्यहरुको परामर्शबाट समस्या समाधान गर्न पनि सकिन्छ ।

आफ्नो शारीरिक र मानसिक क्षमताअनुसार लक्ष्य निर्धारण गर्ने

हरेक व्यक्तिको जीवनमा केही न केही लक्ष्य हुन्छ । जसलाई हामीले आफ्नो क्षमताअनुसार प्राप्त गर्ने प्रयास गर्नुपर्छ । धेरै पटक हामी आफ्नो लक्ष्य हासिल गर्न नसक्दा तनावको सिकार हुन्छौँ । त्यसैले आफ्नो शारीरिक र मानसिक क्षमता थाहा पाएर मात्र आफ्नो लक्ष्यको निधारण गर्ने गर्नुपर्छ ।

आफ्नो भावनालाई व्यक्त गर्ने

धेरै मानिसहरूमा आफ्नो भावनालाई व्यक्त गर्न सक्दैनन् र भावनाहरु दबाउने गर्छन् । त्यसले चिन्ता बढ्न थाल्छ । जसका कारण हामी चिन्तित रहन्छौँ । यस्तो अवस्थामा समस्या बुझेर त्यसको समाधान खोज्नुपर्छ । त्यसैले आफ्नो भावनाहरु आफ्नो नजिकको व्यक्तिहरूसँग व्यक्त गर्ने गर्नुपर्छ । यसले मनलाई शान्ति दिने र दिमागलाई शान्त बनाउन मद्दत गर्छ ।

सामाजिक सर्कल बढाउने

जब मानिसहरुलाई एक्लोपनाले सताउन थाल्छ तब उसलाई त्यसले तनाव निम्त्याउन थाल्छ । यस्तो अवस्थामा एक्लोपन छोडेर अन्य व्यक्तिसँग बसेर कुरा गर्ने र तर्कसंगत बन्ने प्रयास गर्नुपर्छ । यसबाट व्यक्ति आफ्नो समस्याबाट बाहिर आउँछ र सकारात्कतातर्फ अघि बढ्न थाल्छ । यसको साथै उनीहरुको व्यवहारमा पनि परिवर्तन देखिन थाल्छ । सामाजिक घेरा बढ्दै जाँदा समस्याहरुलाई हेर्ने र समाधान गर्ने दृष्टिकोण पनि परिवर्तन हुन्छ ।

निद्रा पूरा गर्ने

शरीरसँगै हामीले हाम्रो मनलाई पनि आराम दिनु निकै आवश्यक हुन्छ । त्यसैले कम्तीमा ८ घण्टा सुत्नु जरुरी छ । जसले गर्दा शरीरमा ह्याप्पी हर्मोन निस्कन थाल्छ र न्युरोसीसबाट छुट्कारा प्राप्त गर्न मद्दत मिल्छ ।

आफ्नो लागि समय निकाल्ने

प्रत्येक दिन आफ्नो लागि केही समय निकाल्ने गर्नुपर्दछ । त्यस समयमा आफ्नो रुचि अनुसार काम गर्ने र त्यो समयको आनन्द लिने गर्नुपर्दछ । यसले मानसिक थकान कम गर्छ र मस्तिष्कलाई सक्रिय राख्छ । त्यस समयमा आफूलाई मन लाग्ने कुराहरु गर्ने जस्तो पढ्ने, लेख्ने, खाना पकाउने आदी ।

योग र ध्यान गर्ने

एकाग्रता बढाउन र फोबियाबाट मुक्तिका लागि योगा तथा ध्यान गर्ने बानी बसाल्नुपर्दछ । यसबाट व्यक्तिको मनमा एकाग्रता बढ्छ र अनावश्यक चिन्ताबाट मुक्ति मिल्छ । यस बाहेक केही समय हिँड्ने र व्यायाम गर्दा पनि मांसपेशी बलियो बनाउँछ र स्मरण शक्ति बढ्छ ।

यदी २ साता भन्दा बढी समय कुनै कुराले मनलाई बिचलित बनाइरहेको हुन्छ भने तत्काल मनोचिकित्सकको परामर्शमा जानुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?