हिरो एक्स्ट्रिम १६० आर फोर भी र एक्स्ट्रिम १२५ आर नेपाली बजारमा, तीव्र गतिका राइडर माझ लोकप्रिय

लोकपथ
385
Shares

काठमाडौं । हिरोका दुई नयाँ मोटरसाइकल बिहीबार सार्वजनिक भएका छन् । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा हिरो एक्स्ट्रिम १६० आर फोर भी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको हो ।

हीरो मोटोकर्पले एक्स्ट्रिम रेन्जमार्फत नेपालका आधुनिक राइडरहरूको परिष्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएको बताएको छ । एक्स्ट्रिम १६० आर फोर भी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनीले विश्वास लिएको छ ।

कार्यक्रममा सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हिरोका मोटरसाइकल नेपाली राइडरहरुको प्रमुख रोजाइमा पर्ने गरेको बताए । चौधरीले नवीनतम प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनमार्फत यी मोडेलहरूले ग्राहकहरूको यात्रा अनुभवलाई पुनः परिभाषित गर्ने विश्वास व्यक्त गरे । उनले बहुउपयोगीता, स्टाइलिश शैली र उत्कृष्ट कार्य क्षमतामार्फत एक्स्ट्रिम मोटरसाइकलले सहरी यात्री तथा एड्भेञ्चर प्रेमीहरू दुवैको आवश्यकतालाई सम्बोधन गर्ने बताए । 

हीरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले नेपालको परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै हिरोका नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु मूल उद्देश्य रहेको बताए । नयाँ एक्स्ट्रिम रेंज को सुरुवातले ‘नयाँ नेपालको नयाँ हीरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउने बताए ।

हिरो मोटरसाइकलका ब्रान्ड एम्बेसेडर गायक सुशान्त केसीको उपस्थितिमा यी दुई मोटरसाइकल सार्वजनिक भए । हिरोको ब्रान्ड गीतमा स्वर दिएका उनले हिरोका नयाँ मोटरसाइकल आफ्नो रोजाइमा परेको बताए ।

कम्पनीका अनुसार एक्स्ट्रीम १६० फोर भी र हिरो एक्स्ट्रीम १२५ आर नाडा अटो सो २०२४ मा देखाइएको मोटरसाइकल हुन् । नयाँ प्रविधियुक्त र तीव्र गतिका लागि लोकप्रिय यी मोटरसाइकल आकर्षक लुकमा बजारमा आएका छन् ।

सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।

एक्स्ट्रिम १६० आर फोर भी (प्रो) को मूल्य तीन लाख ८४ हजार ९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि दुई लाख ८९ हजार ९०० र एबीएस भेरियन्टका लागि तीन लाख ११ हजार ९०० तोकिएको छ । कार्यक्रममा मोटरसाइकल खरिद गरेका ग्राहकहरुलाई चावी र मायाको चिनो प्रदान गरिएको थियो ।

हिरोले एक्स्ट्रीम १६० आर फोर भीका विशेषताहरू

एक्स्ट्रिम १६० आर फोर भीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पुर्‍याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ । यो मोटरसाइकलले ०–६० कीमी प्रति घण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल हो । यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले सहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिङ्गल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ । साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डल बार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।

प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल/एसएमएस अलर्ट लगायत सुविधाहरू पनि उपलब्ध गरिएको छ । यी सुविधाहरूले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ , जसले गर्दा उच्चतम स्तरको अनुभव खोज्नेहरूका लागि यो मोडेल अति उपयोगी हुनेछ ।

एक्स्ट्रीम १२५ आरका विशेषताहरू

एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ । यसले ११.४ बीएचपी पावर उत्पादन गर्दै, ०–६० किलोमिटर प्रति घण्टा केवल ५.९ सेकेन्डमा पुर्‍याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटी प्रणाली उपलब्ध गरिएको छ, जसले थप सन्तुलित यात्राको अनुभव दिन्छ । साथै, हीरकको आईथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्नेछ ।

एक्स्ट्रिम १२५ आएको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टनेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफलर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ । यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ । फ्ल्याट ह्यान्डल बारले दैनिक तथा रोमाञ्चक यात्रा, दूबै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ ।

सुरक्षाका लागि, यसमा सिङ्गल च्यानल एबीएस,२७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन् । फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरूमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरूको ध्यानाकर्षित गर्नमा कम्पनी विश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?