ड्राइभिङ द फ्युचरः एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

लोकपथ
0
Shares

काठमाडौं । नामीका बिग ह्याच विथ फाइभ स्टार ३०० लक्जरी कार नेपालका सडकमा गुडेका छन् । 

विशेष फेसन सो थिममा सार्वजनिक भएको एक महिनाभित्र ३०० नामीका ईभी कार नेपाली सडकमा गुडेका हुन् ।

विशेष फेसन सो थिममा अनौठो डेब्यू एक स्टाइलिश र आधुनिक उदाहरण बन्यो जसलाई दर्शकहरूले पनि रुचाएको कम्पनीको ठहर छ । फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपिललाई दर्साएको कम्पनीले जनाएको छ ।

नाडा अटो सोमा नामीले नाकाभर ७२० वटा भन्दा बढी बुकिङहरू प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो।

फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ। विभिन्न रङका विकल्पहरूको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्षक विकल्प बनाएको छ।

एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्रा प्रति उत्साहित भएको बताए । उनले नामीले कम्पनीको अपेक्षाभन्दा धेरै माइलस्टोनहरु हासिल गरेको बताए। उनले फेसन सो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो सो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकहरू माझ साँच्चै नै उल्लेखनीय बनेको बताए। नेपालको सडकमा ३०० नामी कारहरू देखिनु ग्राहकहरूको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण भएको उनले दाबी गरे ।

नेपालको सडकमा गुडिरहेका ३०० नामी कारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गरेको कम्पनीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?