लिप मोटरले ‘सी१० इलेक्ट्रिक एसयूभी’को विशेष टेस्ट ड्राइभ गर्ने, सहभागीलाई फाइनान्सको सुविधा

लोकपथ
98
Shares

काठमाडौं । लिप मोटरले यही मंसिर ३० देखि पुस ६ गतेसम्म विशेष टेस्ट ड्राइभको घोषणा गरेको छ । लिप मोटरले ‘सी१० इलेक्ट्रिक एसयूभी’को लक्जरी अनुभव गर्न विशेष टेस्ट ड्राइभको घोषणा गरेको हो ।

लिप मोटर सी१० एक लक्जरी इलेक्ट्रिक एसयूभी हो । जुन आधुनिक चालकहरूको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ । 

यसमा ६९.९ किलोवाट एलएफपी ब्याट्री, १६० किलोवाट मोटर पावर र ३२० एनएम टर्कको क्षमता रहेको छ । यो गाडीको फूल चार्जले ४२० किलोमिटरको यात्रा तय गर्ने कम्पनीले जनाएको छ । 

१९० मीमी ग्राउन्ड क्लियरेन्सका साथ नेपालको विविध भूभागमा सहज यात्राको लागि उपयुक्त मानिएको छ । सी१० ले एन क्याप सुरक्षा प्रणालीमा फाइ स्टार रेटिङ प्राप्त गरेको छ । जसले यात्रुको सुरक्षा सुनिश्चित गरेको कम्पनीले जनाएको छ ।

टेस्ट ड्राइभमा सहभागीले वित्तीय व्यवस्थापन र सहज सट्टापट्टिको विशेष सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?