चीन सरकारको समर्थनमा डेयुन अटोमोटिभ्सले निरन्तर उत्पादन र नेपाली बजारमा सेवा जारी राख्ने

लोकपथ
7
Shares

काठमाडौं । चीनको इलेक्ट्रिक गाडी (ईभी) उत्पादक डेयुन समूहले बजारमा आएका नकारात्मक समाचारप्रति खण्डन गरेको छ ।

कुनै आधार र तथ्यहीन सूचना सार्वजनिक भएपछि त्यसमा कुनै सत्यता रहेको भन्दै कम्पनीले त्यसको पछि नलाग्न आग्रह गरेको छ ।

चिनियाँ सरकारको बलियो समर्थन र लगानीका साथ पुनः संरचना सँगै कम्पनीले आगामी जनवरी २०२५ देखि पुनः उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई यूएहु उत्पादन, सर्भिस् र पार्टस सामग्रीहरु समेत उपलब्ध गराउने र नेपालको बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

६ वटा उत्पादन केन्द्र र १.८७ मिलियन गाडीहरुको वार्षिक उत्पादनसँगै डेयुनको तीन दशक लामो अनुभवले आफ्नो सफलता कायम राख्न सहयोग पुर्याएको कम्पनीले जनाएको छ । साथै बिना कुनै आधार प्रकाशित समाचारप्रति खण्डन गर्दै त्यसमा कुनै सत्यता नरहेको समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?