सहरी र विद्यालय यातायातका लागि उपयुक्त मोडेल ‘टाटा म्याजिक बीएस६’ चितवनमा पनि

लोकपथ
0
Shares

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चितवनमा ‘टाटा म्याजिक बीएस६’ सार्वजनिक गरेको छ। कार्यक्रममा टाटा म्याजिकलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरियो ।

टाटा म्याजिक बीएस६ गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी पावर, ५५ एनएम टर्क, ५–स्पीड गियर, १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि–रोल बार जस्ता विशेषताहरू छन्। यी विशेषताले यात्रुहरूको लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्दछ।

सिप्रदीका एजीएम कृष्ण चन्दले चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बीएस६ ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्ने बताए। यसको किफायती सञ्चालन लागत र आधुनिक प्रविधिले यस क्षेत्रका व्यवसायीहरूलाई अझ सशक्त बनाउने उनले बताए। सिप्रदीले नेपालभर गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।

कार्यक्रममा प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक बीएस६ सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल भएको र यसमा अत्याधुनिक बीएस६ प्रविधिको प्रयोग गरिएको बताए । यो प्रविधिले प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न मद्दत गर्ने उनले जानकारी दिए ।

सिप्रदीले यसअघि नै नेपालमा चार हजारभन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?