काठमाडौं । झापाको कमल गाउँपालिका-३ केर्खा चोकबाट स्रोत नखुलेको २९ हजार ७ सय अमेरिकी डलर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका-५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ ख ९५३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको अमेरिकी डलरसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया