विराटनगर किंग्सद्वारा चितवन राइनोजविरुद्ध १८२ रनको लक्ष्य प्रस्तुत

लोकपथ
133
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको हो ।

विराटनगर दोस्रो जितको खाजीमा छ । एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दा ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन र मार्टिन गप्टिलले ४५ रन बनाए । कमजोर सुरुवात गरेको विराटनगर किंग्स इनिङ्सको अन्तिममा आक्रमक बनेको थियो । विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो ।

ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउट भएका थिए । स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट भए । निकोलस किर्टोन सातौं ओभरमा आउट भएका थिए । बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकिय साझेदारी गरे । बलिङमा चितवनका रिजन ढकालले २ विकेट लिए । सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?