काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा सात वर्ष पूरा गरेको उत्सव मनाउँदै आफ्नो ७औं सेल्स कार्निवल ‘क्रिककार्निवल’को सुरुवात गरेको छ । ४ डिसेम्बरबाट सुरु कार्निवल ३१ डिसेम्बरसम्म सञ्चालन हुनेछ ।
यस कार्निभल अवधिमा ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू र विशेष सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ । क्रिक कार्निवलअन्तर्गत ग्राहकहरूले केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका पाउनेछन् ।
अन्य पुरस्कारहरूमा भिभो स्मार्टफोनहरू, टीडब्ल्यूएस इयरबड्सहरू, ६ महिनासम्मको विस्तारित वारेन्टी र थप सरप्राइजहरू समावेश रहेको कम्पनीले जनाएको छ ।
भिभोले नेपालमा आफ्नो सात वर्ष पुरा भएको उपलक्ष्यमा सात भाग्यशाली भिभो भी७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभो भी७, भिभो भी४० सँग मात्र ३१ हजारमा एक्सचेन्ज गर्न पाउनेछन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक स्मार्टफोन पार्टनरको रूपमा भिभोेले ‘क्रिक कर्निभल’ खेल प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्ने माध्यम बन्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया