जेएमईभी जीएसई ईभी नेपाली बजारमा, ४२० किमी रेञ्जसहित यस्ता छन् विशेषता

लोकपथ
98
Shares

काठमाडौं । शौर्य अटोमोबाइल्स प्रालिले नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ। दरबारमार्गस्थित शो–रुममा आयोजित कार्यक्रममा अत्याधुनिक प्रिमियम सेडान ईभी (इलेक्ट्रिक भेइकल)सार्वजनिक गरेको हो।

जेएमईभी जीएसईमा रहेको ४९ किलोवाट क्षमताको ब्याट्रीले गाडीलाई एकपटक चार्ज गरेपछि ४२० किलोमिटरसम्मको यात्रा गर्न सक्षम बनाउँछ। यो गाडीको ग्राउन्ड क्लियरेन्स १७० मीमी रहेको कम्पनीले जनाएको छ । १७० मीमीको ग्राउन्ड क्लियरेन्स नेपाली सडकका लागि उपयुक्त मानिएको छ। यात्रालाई अझ आरामदायी बनाउन यो गाडीमा प्यानोरामिक मूनरुफको सुविधा दिइएको छ।

गाडीमा रहेको ३६० डिग्री एभीएम भिजुअल सिस्टमले चालकलाई उत्कृष्ट सुरक्षा अनुभव प्रदान गर्छ। यसले गाडीको चारैतर्फको दृश्य स्पष्ट रुपमा देखाउँदै यात्रा सहज बताउँछ । साथै यसले चालकलाई पार्किङमा सहजता प्रदान गर्छ ।

जेएमईभी जीएसई ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । ग्राहकहरूलाई शौर्य अटोमोबाइल्सको दरबारमार्गस्थित शो–रुममा गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ ।

चीनको जीआर्इसी जियाङतिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेडले निर्माण गरेको यो गाडी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो। सन् २०१५ मा चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरू मध्ये जेएमईभी एक हो।

सन् २०१९ मा रिनल्ट समूहले कम्पनीको ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि जेएमईभीले विश्वव्यापी प्रतिष्ठा र विश्वास बढाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?