ऊर्जा विकास मार्गचित्र पास हुने भएसँगै ऊर्जा व्यवसायी उत्साहित

लोकपथ
63
Shares

काठमाडौं । ऊर्जा विकास मार्गचित्र आगामी मन्त्रीपरिषद्को बैठकबाट पास हुने भएसँगै ऊर्जा उत्पादक व्यवसायीहरू उत्साहित भएका छन् । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले ऊर्जा उत्पादकहरुसँगको फ्राइडे फोरम कार्यक्रममा आगामी मन्त्रीपरिषद्को बैठकबाट पास गर्ने बताएसँगै व्यवसायीहरू उत्साहित भएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले ऊर्जा विकास मार्गचित्र पास हुने मन्त्री खड्काको प्रतिबद्धतासँगै ऊर्जा उत्पादक व्यवसायीहरू उत्साहित रहेका बताए । उनले तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्ने मन्त्री खड्काको प्रतिबद्धताले आफूहरुलाई उत्साहित बनाएको बताए । प्रत्येक महिनाको अन्तिम शुक्रबार इप्पानले फ्राइडे फोरम कार्यक्रम सञ्चालन गर्दछ । कार्यक्रममा ऊर्जासँग सम्बन्धित विषयहरु र प्रविधिको बारेमा छलफल हुने महासचिव खतिवडाले बताए । उनले फ्राइडे फोरम कार्यक्रम प्रभावकारी बन्दै गएको र नयाँ प्रविधिको जानकारी लिने माध्यम बनेको पनि बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?