काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज भएको पहिलो खेलमा काठमान्डु गुर्खाजले पोखरा एभेञ्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमान्डुले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै काठमान्डु गुर्खाज प्लेअफ नजिक पुगेको छ ।
काठमान्डुको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले । उनले उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए । पोखराका लागि विपिन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए ।
साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपिन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक/एक रन जोडे ।
पोखरालाई मध्यम क्रममा समेट्ने क्रममा काठमान्डुका लागि कप्तान करण केसी र रासिद खानले समान तीन/तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक/एक विकेट लिए ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया