काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले नीति ल्याएर मात्रै अर्थतन्त्र चलायमान नबन्ने भन्दै सबै पक्ष जिम्मेवार हिसाबबाट अघि बढ्न सक्नुपर्ने बताए । उनले सबै जिम्मेवार भएर काम गर्ने हो भने छोटो समयमै अर्थतन्त्र सुधार हुने दाबी गरे। उनले अन्तरमन्त्रालय र निकायबीचको समन्वयको अभावले पनि कतिपय समस्याहरु सिर्जना भइरहेको बताए ।
अध्यक्ष ढकालले अर्थतन्त्र अहिलेको अवस्थामा पुग्नु विगतमा सरकारले लिएका नीतिहरू रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया