काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्त्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताए । उनले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावकहरु बढ्दै गएको बताए । उनले खेलाडी उत्पादनमा निजी विद्यालयहरुको भूमिका अग्रणी रहेको बताए । उनले खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थीलाई आकर्षित गर्न जरुरी रहेको बताए ।
सभामुख घिमिरेले खेलकुदलाई राज्यले पनि महत्वका साथ लिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया