बैंकहरुले सार्वजनिक गरे पुस महिनाका लागि ब्याजदर, कुन बैंकको कति ?

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपालमा संचालित वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर महिनाको तुलनामा पुसका लागि केही बैंकले ब्याजदर घटाएका छने भने तीन बैंकले बढाएका छन् ।

१४ वाणिज्य बैंकले मंसिर महिनाको ब्याजदरलाई यथावत राखेका छन् । नेपाल बैंक र सानिमा बैंकले पुस महिनाका लागि ब्याजदर घटाउँदा कृषि विकास बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकले बढाएका छन् ।

पुस महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंक
कृषि विकास बैंकले पुस महिनाका लािग व्यक्तिगत मुद्दती निक्षेपमा ५.५७ प्रतिशत ब्याजदर तोकेको छ । मंसिर महिनामा मा व्यक्तिगत मुद्दतीतर्फ ५.५३ प्रतिशत तोकेको बैंकले पुस महिनाका लागि केही बढाएको छ । यस बैंकले संस्थागततर्फ भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

एनएमबी बैंक
एनमएमबी बैंकले पुस महिनाका लागि व्यक्तिगत तर्फ ६.६ प्रतिशत ब्याजदर तोकेको । बैंकको मंसिर महिनाका लागि ५.७५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपमा पुस महिनामा बढाएको हो । यसैगरी, यस बैंकले संस्थागतर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकले मंसिर महिनामा ५.७५ प्रतिशत तोकेको ब्याजदर पुसका लागि बढाएको हो ।

नेपाल बैंक र सानिमा बैंकले पुस महिनाका लागि ब्याजदर घटाएका छन् ।
नेपाल बैंक
ले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.६ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकले मंसिर महिनामा ५.९५ प्रतिशत ब्याजदर तोकेको थियो ।

यसैगरी, सानिमा बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि मंसिर महिनाका लागि ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।

अन्य वाणिज्य बैकहरुले भने मंसिर महिनाको ब्याजदरलाई नै निरन्तरण दिएका छन् । यस्तो छ बैंकहरुले पुस महिनाका लागि तोकेको ब्याजदर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?