काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज आइतबार भएको पहिलो खेलमा काठमान्डु गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ । विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाजले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
जितसँगै काठमान्डु गुर्खाजले प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ । भोलि हुने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलले काठमान्डु गुर्खाजको भविश्य निर्धारण गर्नेछ । काठमाडौंका प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाउँदा माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रनको योगदान दिए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।
अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुर्ई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो । सो खेलमा विराटनगरका राजेश पुलामीले २५, दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे । विराटनगरलाई अलआउट गर्ने क्रममा काठमान्डुका गेरहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एक/एक विकेट लिए । विराटनगर भने प्लेअफको दौडबाट बाहिरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया