काठमाडौं । सशस्त्र प्रहरिले पर्साबाट ३० लाख बढीको कपडा बरामद गरेको छ । गए राती पर्सा जिल्लाको वीरगन्ज महानगपालिका-६ लाटगलि बाट ३० लाख रुपैयाँ बढीको कपडा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौज र वीरगन्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलिले भन्सार छलेर गोदाममा भण्डारण गरी राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको हो ।
बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस , स्काफ १ हजार ७ सय २२ पिस , सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेको छ ।
आज आइतबार ती सामनको ३० लाख ४९ हजार सात सय मूल्य कायम गरी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सह प्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापा जानकारी दिए ।
पछिल्लो करिब ९ महिनाको अवधिमा मात्र डिएसपी रिजालको टोलिले पर्साको सीमा क्षेत्र र गोदाम गरी राखिएका करोडौँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया