बागमती नदी किनारमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला, लेखे- ‘सरी बुढा’

लोकपथ
5.2k
Shares

काठमाडौंं । बागमती नदी किनारमा शनिबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल नजिकै उनले कागजमा सुसाइड नोट लेखर छाडेको भेटिएको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारका अनुसार, घटनास्थल नजिकै सुसाइड नोट फेला परेको हो । त्यसमा आत्मदाह गर्नुको कारण कसैलाई दोष लगाइएको छैन । चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्किएकी थिइन् ।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको थियो । घटनास्थलबाट प्रहरीले बरामद गरेको सुसाइड नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा मागेकी छन् । नोटमा लेखेकी छन्, ‘सरी बुढा ।’ सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न ।

श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा उल्लेख गरिएका छ । सुसाइड नोटथमा यो घटनाबारे आफ्ना श्रीमान्लाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत लेखेको भेटिएको छ । १२ बजे पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी ती महिला र उनका श्रीमान्बीच ११ः१२ बजेसम्म च्याटमा कुराकानी भएपनि सुसाइड नोटमा उनले श्रीमान्लाई कुनै दोष लगाएकी छैनन् । उनीहरुका १३ र ३ वर्षका दुई छोराहरू छन् । आत्महत्या गर्ने महिलाले केही समयदेखि कम बोल्ने र एकान्त मन पराउने गरेको उनका परिकारको सदस्यहरूले प्रहरीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?