काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन कार्यक्रमको आयोजना गरेको छ ।
कन्टेन्ट क्रियटरहरुलाई लिएर नेपालमा डिजिटल सुरक्षा बारे चेतना जगाउने कार्यक्रमको आयोजना गरिएको हो ।
नेपालमा ह्यासट्याक सेफर टुगेदर (#Safer Together) अभियानअन्तर्गत यस प्लेटफर्मले सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ ।
विश्वव्यापी रूपमा एक बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक आफ्ना प्रयोगकर्ताहरूलाई सशक्त बनाउन समर्पित मनोरञ्जन प्लेटफर्म हो।
कार्यक्रममा ओसिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर, सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत नेपालका कन्टेन्ट क्रियटरसहितको प्यानल छलफल प्रस्तुत गरिएको थियो।
नेपालका क्रियटर कम्युनिटी र पत्रकारहरू सम्मिलित फुल(हाउस दर्शकहरूलाई सम्बोधन गर्दै प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरे।
उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया