काठमाडौं । एनसेल फाउन्डेसन ‘आईसीटी अवार्ड २०२४’ को सपोर्टेड पार्टनरका रूपमा आबद्ध भएको छ । नेपालको प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आईसीटी अवार्ड २०२४ मा एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको हो।
यो सहकार्यको उद्देश्य आईसीटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरूलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको आयोजकले जनाएको छ।
नवौँ संस्करणको इन्ड्राइभ आईसीटी अवार्ड २०२४ को ग्रान्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदै छ। उक्त कार्यक्रममा डिजिटल विकासलाई बढवा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आईसीटी अवार्ड प्रदान गरिने छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले विगत लामो समयदेखि डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आइरहेको बताइन् । डिजिटल रूपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरूको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाउँदा उत्साहित भएको उनको भनाई छ ।
सूचना प्रविधि क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत ४ वर्षदेखि आईसीटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ। यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरूको सम्मानमा आईसीटी अवार्डसँग मिलेर ३ लाख रुपैयाँ नगदसहित उक्त सम्मान गर्ने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया