विद्यालय तथा स्वास्थ्य संस्थाका भवन पुनः निर्माण गर्दै कर्णाली प्रदेश सरकार

लोकपथ
28
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनः निर्माण गर्ने भएको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय तथा स्वास्थ्य संस्था निर्माण गर्न प्रदेश सरकारले नाम र सङ्ख्या टुङ्गो लगाएर अख्तियारी प्रदान गरेको हो ।

जाजरकोट र सल्यानमा भूकम्पबाट भत्किएका भौतिक संरचनाको विवरण आए लगत्तै प्राथमिकताका आधारमा पहिलो चरणमा भौतिक संरचना निर्माण गर्न अख्तियारी पठाएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए। यही मङ्सिर १८ गते निर्णय गरेर पठाएको उनले बताए । जाजरकोटको बारेकोट–६ को सीता माध्यमिक विद्यालय पुनःनिर्माणलाई  ७५ लाख विनियोजन गरिएको छ । 

त्यसैगरी सोही वडाको जनज्योति आधारभूत विद्यालय पुनःनिर्माणलाई  ५० लाख, बारेकोट–९ स्थित दीपेन्द्र माध्यमिक विद्यालय सक्लालाई  ७५ लाख, बारेकोट–७ सुवाकोट विद्यालयलाई  ७५ लाख, बारेकोट–१ बयालमा रहेको भगवती आधारभूत विद्यालयलाई रु ५० लाख विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय, जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताए । 

नलगाड नगरपालिका–६ स्थित निर्मल ज्योति आधारभूत विद्यालयलाई ७० लाख, नलगाड–८ को पञ्च भयार माध्यमिक विद्यालयलाई  ७० लाख, नलगाड–७ को त्रिभुवन प्राथमिक विद्यालयको भवन निर्माण गर्न ७० लाख, नलगाड–३ को कैलाशकन्या आधारभूत विद्यालय  ४५ लाख विनियोजन गरिएको छ । 

 त्यसैगरी भेरी नगरपालिका–१० स्थित भैरव आधारभूत विद्यालय भुरचौरलाई  ५५ लाख, भेरी नगरपालिका–७ को सूर्यज्योति आधारभूत विद्यालय मिथेन्ग्रालाई  ६० लाख, भेरी ३ स्यालास्थित विजय प्राथमिक विद्यालय  ५५ लाख विनियोजन गरिएको छ । 

छेडागाड नगरपालिकाको छेडागाड नगरपालिका–७ टिकाचौरस्थित भानुभक्त आधारभूत विद्यालय निर्माण गर्न  ७५ लाख, छेडागाड–१० स्थित सरस्वती आधारभूत विद्यालय काफ्लाको भवन निर्माण गर्न  ६० लाख, छेडागाड–९ राजिकोटस्थित शान्ति आधारभूत विद्यालयको भवन निर्माण गर्न  ६० लाख र छेडागाड–४ को दीपेन्द्र आधारभूत विद्यालय चौरजेवाको भवन निर्माण गर्न  ६० लाख रकम विनियोजन गरिएको जनाइएको छ । 

कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालय टालेगाउँलाई रु ७५ लाख,  वडा नम्बर ८ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवन निर्माण सँटालाई रु ७५ लाख, वडा नम्बर ६ को छहरागाउँस्थित पुतली प्राथमिक विद्यालयको भवन निर्माणका लागि रु ६५ लाख विनियोजन गरिएको छ । 

त्यसैगरी शिवालय नगरपालिकामा पाँच वटा विद्यालय बन्ने भएका छन् । जनता प्राथमिक विद्यालय शिवालय–८ लाई रु ६० लाख, नेरा मावि शिवालय– २ सिस्नेलाई रु ६० लाख, शिवालय–२ कालिका प्राविलाई रु ६० लाख, नेपाल राष्ट्रिय मावि शिवालय–१ लाई रु ५५ लाख र शिवालय–६ को सरस्वती माविलाई रु ४५ लाख रकम विनियोजन गरिएको छ छ । 

जुनिचाँदे गाउँपालिकामा–५ वटा विद्यालय निर्माण हुने भएका छन् । जसमा जुनिचाँदे–५ को जय गौरव प्रावि खातीगाउँलाई रु ६५ लाख, वडा नम्बर २ को सरस्वती आधारभूत विद्यालयलाई रु ७५ लाख, वडा नम्बर २ को भैरव माविलाई रु ७५ लाख, वडा नम्बर ८ को पदन ज्योति माविलाई रु ७५ लाख र वडा नम्बर ९ को कालिका प्रावि लातालाई रु ४५ लाख विनियोजन गरिएको छ । जाजरकोटमा २२ वटा विद्यालय पहिलो चरणमा पुनः निर्माण हुन लागेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?