क्रिकेट लिजेन्ड ब्रायन लाराले गरे डीपलको आधिकारिक ब्याटमा हस्ताक्षर

लोकपथ
378
Shares

काठमाडौं । नेपालमा फ्युचरिस्टिक कार डिपलको आधिकारिक वितरक चाङ्गान नेपालले महान् क्रिकेटर ब्रायन लाराको सम्मानमा अविस्मरणीय कार्यक्रमको आयोजना गर्‍यो । नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा याक एन्ड यति होटेलमा आयोजित उक्त कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। 

कार्यक्रममा क्रिकेट लिजेन्ड ब्रायन लाराले क्यानका सचिव तथा डीपल ईभीका ब्रान्ड एम्बेसडर पारस खड्का र नेपालमा डीपलका संचालक विष्णुकुमार अग्रवालको उपस्थितिमा डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए।

कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथाहरू साझा गरेका थिए। कार्यक्रममा एनपीएलका क्रिकेटरहरू र अन्य क्रिकेट उत्साहीहरूले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करियरका बारेमा कुराकानी गरेका थिए।

इतिहासकै महान् क्रिकेटरहरू मध्ये एकका रूपमा लोकप्रिय ब्रायन लाराको गरिमामय उपस्थिति र उनको सफल करियरका कथाहरूले दर्शकहरूलाई मोहित बनाउनुका साथै आफ्नो देशभन्दा टाढाका प्रशंसकहरूसँग घुलमिल हुने उनको क्षमताले कार्यक्रम विशेष बनेको आयोजकले जनाएको छ ।

डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटो मोबाइल कम्पनी हो। ८ महिनाअघि नेपालमा लन्च गरेपछि डीपल ईभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् । लन्च गरेपछि डीपल ईभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?