सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान, नवीकरण नभएका बीमालेखमा शत प्रतिशत विलम्ब शुल्क छुट  

लोकपथ
49
Shares

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । 

यही पुस १ गते देखी २४ गतेसम्म सञ्चालन हुने पुनर्जागरण अभियानमा नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट दिने कम्पनीले जनाएको छ । 

पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बीमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । 

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?